Skip to content
Shikhar Insurance
National Life

सामाजिक सुरक्षा कोषविरूद्ध बैंकका कर्मचारी संघले थप सशक्त आन्दोलन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको संघले सामाजिक कोषका विरुद्ध थप आन्दोलन गर्न मानसिक रुपमा तयार रहन भनेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघले आफूनिकट कर्मचारीहरुले आइतबार देखि बुधबारसम्म कार्यालय सुरु भएको १५ मिनेट विरोध कार्यक्रम गर्न र ३० गते पछि थप सशक्त आन्दोलन गर्ने जानकारी दिएको हो ।

संघले समस्याको गहिराईमा पुगेर जिम्मेवार निकायद्वारा समयमै समस्याको समाधान नगरेमा बैंक, बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरु देशव्यापी आन्दोलन गर्न बाध्य हुने बताएको छ । संघले भनेको छ, “यसबाट पर्नसक्ने गम्भीर असरको जिम्मेवार सम्बन्धित पक्ष नै हुनेछ ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंक तथा वित्तीय संस्थाहरुको वाार्षिक हिसाव मिलानको समय भएकोले हाल सांकेतिक विरोध स्वरुप असार २७ देखि ३० गतेसम्म संघको ब्यानरमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन ? भन्ने सवालहरु राखी सम्पूर्ण कर्मचारीहरुले हातमा कालो पट्टी बाँधी आ–आफ्नो बैंकको प्राङ्गण अगाडि विरोध कार्यक्रम गर्ने भन्ने निर्णय भएको संघले जनाएको छ ।

“आगामी दिनमा थप आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने अवस्थाको लागि मानसिक रुपमा समेत तयार रहन सम्पूर्ण कर्मचारीहरुमा अपिल गर्दछौं,” संघले भनेको छ ।

सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागी हुनुपर्ने व्यवस्थाको विरुद्धमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले विरोध गरिरहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्