Skip to content
Shikhar Insurance
National Life

सामाजिक सुरक्षाः बैंकका कर्मचारीले सर्वोच्च गुहारे, विभेद भएको आरोप – सुविधा घट्ने डर

Hyundai
NCELL
NIMB

काठमाडौं। सामाजिक सुरक्षा कोक्षमा जबर्जस्ती लैजान खोजेको भन्दै वाणिज्य बैंकका कर्मचारीहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन्। बैंकमा रहेका कर्मचारी युनियनहरुले खाइपाइ आएको सेवा सुविधासमेत घट्ने गरी ल्याइएको कोषविरूद्ध अदालत गुहारेका हुन् ।

२२ वाणिज्य वटा बैंकका कर्मचारी युनियनले सर्वोच्च अदालतको सहयोग मागेका हुन् । उनीहरुले अदालतमा ५ वटा आधार प्रस्तुत गरेका छन् । सामूहिक सौदाबाजी गर्न पाउनुपर्ने, खाइपाइ आएको तलब घट्नु नहुने माग उनीहरूको छ । यसतै सरकारी र निजी क्षेत्रका बैंकबीच सरकारले विभेद गरेको आरोप उनीहरूको छ ।

यस्तै सामाजिक सुरक्षा कोष आएको र निवृत्तिभरण कोष ल्याएर सरकारले विभेद गरेको कर्मचारीहरूको ठहर छ । दुवैले सामाजिक सुरक्षाको व्यवस्था गरे पनि सरकारी कर्मचारीहरुले बढी सुविधा पाउने उनीहरूको तर्क छ ।

शुक्रबार पेश गरिएको रिट आइतबार दर्ता भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्