Skip to content
Shikhar Insurance
National Life

सामसुङको ‘ग्यालेक्सी जेड फोल्ड६’ र ‘फ्लिप६’ नेपाली बजारमा, कति पर्छ मूल्य ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सामसुङ कम्पनीले स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ६’ र ‘ग्यालेक्सी जेड फ्लिप ६’ सार्वजिनक गरेको छ । कम्पनीले बुधबार एक कार्यक्रमबिच  ग्यालेक्सी जेड फोल्ड ६ र फ्लिप ६ सार्वजिनक गरेको हो ।

कम्पनीले १२/२५६ जिबी र १२/५१२ जिबीको ‘ग्यालेक्सी जेड फोल्ड ६’ नेपाली बजारमा ल्याएको छ । ‘ग्यालेक्सी जेड फोल्ड ६’ १२/५१२ जिबीको मूल्य २ लाख ४९ हजार ९९९ रुपैयाँ र ‘ग्यालेक्सी जेड फोल्ड ६’ १२/२५६ जिबीको मूल्य २ लाख ३४ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।त्यसैगरि, ‘ग्यालेक्सी जेड फ्लिप ६’ १२/२५६ जिबीको मूल्य १ लाख ५४ हजार ९९९ रुपैयाँ रहेको छ ।

सामसुङका प्रबन्ध निर्देशक इन्सु किङले कार्यक्रममा बोल्दै ‘ग्यालेक्सी जेड फोल्ड ६’ मा १ वर्षको लागि शुन्य ब्याजदरमा इन्स्योरेन्स व्यवस्था रहेको बताए । ग्यालेक्सी जेड फोल्ड ६ एनसेलसङ्गको सहकार्यमा सार्वजनिक गरेको जनाउँदै इन्सु किङले ग्राहकहरुले प्रतिमहिना १७ जिबीकाे दरले ६ महिनासम्म भ्वाइस र एसएमएस डाटा प्राप्त गर्न सकिने जानकारी दिए ।

ग्यालेक्सी जेड फोल्ड–६ र फ्लिप–६ ले ग्यालेक्सी एआइ क्षमताहरूलाई अधिकतम गर्नका लागि थप अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ।कम्पनीले भन्यो,’नयाँ ग्यालेक्सी जेड सिरिजमा अझ बढी टिकाउपन प्रदान गर्नका लागि इन्जिनियर गरिएको छ। यसले द्वि–रेल हिन्ज संरचना थप सुदृढ फोल्डिङ किनारद्वारा समर्थन गर्छ, जसले बाह्य प्रभावहरूको झट्का राम्रोसँग वितरण गर्दछ। प्लस, मुख्य स्क्रिनमा उन्नत तहहरूले क्रिज सुधार गर्न मद्दत गर्दछ।’कम्पनीले सामसुङको ‘ग्यालेक्सी बड्स’ पनि सार्वजनिक गरेको छ । कम्पनीले ‘बड्स ३’ र ‘बड्स ३ प्रो’ ल्याएको छ । ‘बड्स ३’ को मूल्य २२ हजार ९९९ रुपैयाँ रहेको छ । भने ‘बड्स ३ प्रो’को मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो सेतो र सिल्भर रङमा बजारमा उपलब्ध छ ।

यस्तै, सामसुङले ग्यालेक्सी वाच–७ पनि लन्च गरेको छ। ग्यालेक्सी वाच–७ (४४एम)को मूल्य ४९ हजार ९९९ रुपैयाँ र ग्यालेक्सी वाच–७ (४०एम)को मूल्य ४४ हजार ९९९ रुपैयाँ तोकेको छ।

सामसुङ इलेक्ट्रोनिक्सले केही साता अगाडि मात्रै पेरिसमा आयोजित ग्यालेक्सी अनप्याक्डमा नयाँ ग्यालेक्सी जेड फोल्ड–६ र ग्यालेक्सी जेड फ्लिप–६ र ग्यालेक्सी बड्स–३ र ग्यालेक्सी बड्स–३ प्रो सार्वजनिक गरेको थियो।

कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृङ्खला खतिवडाले स्मार्टफोन अनावरण गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्