Skip to content
Shikhar Insurance
National Life

सानिमा माई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश सुरक्षित गर्ने आज (पुस ८ गते) अन्तिम दिन रहेका छ । सभा प्रयोजनका लागि कम्पनीले पुष ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार आज पुष ८ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरु मात्रै सभामा भाग सक्नेछन् ।  आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित खुद मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०।५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने ३३ करोड ९८ लाख १७ हजार ६ सय १० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशतले हुन आउने १ करोड ७८ लाख ८५ हजार १ सय ३७ रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

प्रस्तावित लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुष २८ गते साधारण सभा बोलाएको छ । सोही सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउने कम्पनीले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्