Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंक र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज-२ बीच सहकार्य

Hyundai
NCELL
NIMB

काठमाडाैं। सानिमा बैंक र स्विसकन्ट्याक्ट/नेपाल एग्रिकल्चर मार्केट प्रोग्राम फेज–२ बीच कोसी प्रदेशको कृषि क्षेत्रमा प्रभावकारी रुपमा वित्तीय पहुँच पुर्याउने उद्देश्यले सहकार्यपत्रमा हस्ताक्षर भएको छ।

कोसी प्रदेशअन्तर्गतका कृषि उद्यमीहरुको वित्तीय आवश्यकतालाई पूरा गर्न सहजीकरण, अभिमुखीकरण तथा सचेतना फैलाउने यस सहकार्यको उद्देश्य हुनेछ। यस सहकार्यअनुसार कृषि कर्जाको प्रक्रियालाई प्रविधिकरण गर्ने, कृषि कर्जासम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रमहरुको सञ्चालन गर्ने, ग्राहक अभिमुखीकरण तथा व्यावसायिक साक्षरता कार्यक्रमको आयोजना गर्ने तथा कृषि उद्यमीहरुको आवश्यकतालाई प्रभावकारी रुपमा पूरा गर्न बैंकका कर्मचारीलाई प्रशिक्षण दिनेजस्ता कार्यहरु गरिनेछ।

साे अवसरमा सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले यस सहकार्यले सानिमा बैंकलाई कृषि व्यवसायमा थप सरल वित्त सेवा प्रदान गर्ने पहललाई थप सुदृढ बनाउन सहयोग पुग्ने जानकारी दिए।

सानिमा बैंकको सातै प्रदेशमा गरी १ सय ३२ कार्यालय र १ सय २२ एटीएम सञ्जाल सञ्चालनमा छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्