Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंक अब लमजुङको बेसीसहरमा

Hyundai
NCELL
NIMB

काठमाडौं। सानिमा बैंकले आज लमजुङको बेंसीसहर–७ मा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यले संयुक्त रूपमा गरे।

उद्घाटन् समारोहमा मह जोडीले लमजुङको बेंसीसहरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रूपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे। सानिमा बैंकको देशका सातै प्रदेशमा १ सय ३१ वटा कार्यालय र १ सय २२ वटा एटीएम सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्