Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकको बैंक ग्यारेन्टी अब अनलाइनबाट

Hyundai
NCELL
NIMB

काठमाडौं। सानिमा बैंकले आफ्ना ग्राहकका लागि अनलाइन बैंक ग्यारेन्टी (जमानत) सेवाको सुरुवात गरेको छ। यो सुबिधाअन्तर्गत ग्राहकहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध अनलाइन पोर्टलमार्फत बैंक ग्यारेन्टीको आवेदन दिन सक्नेछन् ।

तत्पश्चात बैंक ग्यारेन्टी (जमानत) प्रक्रिया पूरा भएको सूचना आवेदकले इमेलमार्फत प्राप्त गर्नुहुनेछ । उक्त सूचना प्राप्त गरेपश्चात् सम्बन्धितले सक्कल आवेदनसहित बैंकको काउन्टरबाट बैंक ग्यारेन्टी (जमानत) संकलन गर्ने व्यवस्था मिलाइएको छ । आवेदनमा कुनै समस्या भएमा, कारणसहित इमेलमार्फत समयमै सूचना पठाइनेछ ।

यस प्रबिधिबाट ग्राहकहरूलाई छिटो, छरिटो र झन्झटरहित सेवा प्रवाह गर्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ । सानिमा बैंककोे सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय र १ सय २३ वटा एटिएम सञ्जाल छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्