Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकलाई फ्रन्टलाइन हस्पिटलमा १३ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पुरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ। ग्राहकहरुले ओपीडी/आइपिडी तथा बेडसम्बन्धी शुल्कहरुमा १३ प्रतिशत, औषधिको शुल्कहरुमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंककोसातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २३ वटा एटिएमहरु सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्