Skip to content
Shikhar Insurance
National Life

सानिमा बैंकका ग्राहकलाई नागरिक हस्पिटलमा १५ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडाैं। सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न नागरिक कम्युनिटी टिचिङ हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । सानिमा बैंकका ग्राहकहरुले औषधि र अपरेसनसम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २२ वटा एटिएम सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्