Skip to content
Shikhar Insurance
National Life

सानिमा जिआईसीको ३५ हजार बढी कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले पुन: संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि आवेदन प्राप्त नभएपछि सेयरधनीहरुको नाममा रहेको ३५ हजार ४ सय २८ कित्ता सेयर पुन: बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको १५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनीको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आफुले खरिद गर्न चाहेको सेयर के कति दर रेटमा खरिद गर्ने हो सोको व्यहोरा खुलाई निवेदन दिनु पर्ने कम्पनीले जनाएको छ ।

तोकिएको उक्त म्याद भित्र हाल कायम संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेश हुन नआएमा प्रचलित नियमानुसार अन्य योग्य गैर संस्थापकहरुमा सेयर बिक्री प्रकृया अघि बढाउँने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्