Skip to content
Shikhar Insurance
National Life

साना किसान विकास लघुवित्तद्वारा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर २४ गते बिहान बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३ अर्ब ३३ करोड १६ लाख १८ हजार २०४ रुपैयाँको २० प्रतिशतका दरले हुने आउने ६६ करोड ६३ लाख २३ हजार ६४० रुपैयाँ बराबररको लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १५ प्रतिशतका दरले हुन आउने ४९ कोढ ९७ लाख ४२ हजार ७३० रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतका दरले हुन आउने १६ करोड ६५ लाख ८० हजार ९१० रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) रहेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्