Skip to content
Shikhar Insurance
National Life

साना किसान विकास लघुवित्तको सेयर रजिष्ट्रार गर्न सनराइज क्यापिटल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिष्ट्रारमा सनराइज क्यापिटललाई नियुक्त गरिएको छ । लघुवित्तले सेयर रजिष्ट्रारसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था तथा आरएमडीसी लघुवित्त वित्तीय संस्थाले असार २४ गतेबाट मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सञ्चालन भएपश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्था बबरमहल, काठमाडौंको सेयर रजिष्ट्रार गर्नसनराइज क्यापिटललाई नियुक्त गरिएको छ ।

उक्त कार्यको लागि कम्पनीका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठद्वारा द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरियो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्