Skip to content
Shikhar Insurance
National Life

साना किसान र आरएमडीसी लघुवित्तको सेयर कारोबार रोक्का हुदै, असार २४ देखि एकीकृत कारोबार सुरु

Hyundai
NCELL
NIMB

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का हुने भएको छ । यी दुबै लघुवित्तले मर्जर पश्चात असार २४ गतेदेखि एकीकृत कारोबार थाल्ने भएपछि १५ दिन सेयर कारोबार रोक्का हुने भएको हो।

दुबै लघुवित्तबीच गत भदौ ३१ गते मर्जर सम्बन्धी प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भएको थियो । चैत १० गते सम्पन्न दुबै लघुवित्तको वार्षिक साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तबीच एक आपसमा १ः०.८७ को स्वाप अनुपात स्वीकृत गरेको थियो ।

यी दुबै लघुवित्तबीच मर्जर पश्चात साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार हुनेछ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका अनुसार दुबै लघुवित्तको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्र अभौतिकीकरण तथा सूचीकरण प्रयोजनको असार २४ गतेदेखि १५ कार्य दिनसम्म सेयर कारोबार रोक्न नेप्सेलाई आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंकले दुबै लघुवित्तलाई मर्जरमा जान जेठ २४ गते र नेपाल धितोपत्र बोर्डबाट असार ४ गते मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्