Skip to content
Shikhar Insurance
National Life

साधना लघुवित्तद्वरा २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले लगानीकर्ताहरुलाई वितरण गर्नका लागि लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको हो ।

लघुवित्तको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३२ करोड १२ लाख २५ हजार ५०० रुपैयाँको १९ प्रतिशतका दरले हुन आउने ६ करोड १० लाख ३२ हजार ८४५ रुपैयाँ बोनस सेयर र १ प्रतिशतका दरले हुन आउने ३२ लाख १२ हजार २५५ रुपैयाँ नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लघुवित्तको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्