Skip to content
Shikhar Insurance
National Life

सातौ दिनको कारोबारपछि नेप्से हरियाली

Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबारको कारोबारमा सेयर बजार उकालो लागेको छ । गत साताको सोमबारदेखि निरन्तर घटिरहेको सेयर बजार आज भने हरियाली भएको हो । निरन्तर सातौ दिनसम्म ६४.६१ अंकले घटेको सेयर बजार आज भने २१.३० अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार आज परिसूचक २१.३० अंकले बढेर १९३४.०४ को विन्दुमा बन्द भएको छ ।

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.८३ अंकले बढेर ३७६.१७ को विन्दुमा बन्द भएको हो ।

यसदिन २३१ कम्पनीको ९२ करोड २५ लाख ७४ हजार रुपैयाँ बराबरको ३१ लाख ४६ हजार ९ सय ९६ कित्ता सेयर खरिदबिक्री भए । सो दिन कारोबारका आएको १७२ कम्पनीको सेयर। मूल्य बढेको छ । १४ कम्पनीको घटेको छ । भने, ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

काारोबार रकमको आधारमा नबील बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको ५ करोड ९४ लाख ८९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, रिडी पावर कम्पनीको ५ करोड ६३ लाख १० हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३ करोड ८४ लाख २७ हजार अरुण काबेली पावरको ३ करोड ७३ लाख ९ हजार र अपी पावर कम्पनीको २ करोड १७ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

बोटलर्स नेपाल कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लेभलमा काारेबार भएको छ । मैलुङखोला जलविद्युत कम्पनीको सेयर मूल्य ७.७६ प्रतिशतले बढेको छ भने, ८.५ नेपाल बैंक डिबेन्चर २०८७ ९.५९ प्रतिशतले घटेको छ ।

सो दिन कारोबारमा आएको सबै समूहगत उपसूचकहरु बढेका छन् । बैंकिङ्ग समूह ०.८४, डेभलपमेण्ट बैंक १.७५, फाइनान्स २.१३, होटल एण्ड टुरिजम १.१६, हाइड्रोपावर समूह ०.९७, इन्भेष्टमेण्ट १.५७, लाईफ इन्स्योरेन्स १.०६, उत्पादनमूलक समूह १.८७, माइक्रोफाइनान्स १.२४, म्युचुअल फण्ड ०.७६ निर्जिवन बीमा कम्पनी ०.७५, अन्य समूह १.१५ र व्यापार समूह १.५० प्रतिशतले बढेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्