Shikhar Insurance
National Life

साताकाे सेयर बजार : सामान्य अंकले बजार बढेपनि छैन लगानीकर्तामा उत्साह

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार १७:११
Hyundai
NCELL
NIMB

काठमाडौं । पुस महिनाको दोस्रो साता नेपाली सेयर लगानीकर्ताहरुका लागि खासै उत्साहजनक रहेन । साताव्यापी रुपमा सामान्य अंकले बजार बढेको देखिएपनि कारोबार रकममा भने खासै सुधार आएकाे छैन । साताको पहिलो कारोबार दिन १३ अंकले घटेर बन्द भएको बजार बाँकी ३ कारोबार दिनमा भने सामान्य हरियोमा बन्द भएको छ ।

अघिल्लो साता ८५.४७ अंकले घटेर २५९६.८२ को बिन्दमा पुगेको बजार यो साता भने ३३.८९ अंकले बढेको २६३०.७१ को बिन्दुमा पुगेको छ । बजार सामान्य रुपले बढेपनि कारोबार रकममा भने सुधार नआएको यो साता ५ करोड १८ लाख १४ हजार ९ सय ५८ कित्ता सेयर किनबेच हुँदा १९ अर्ब ४७ करोड ९९ लाख ४७ हजार २ सय ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो छ साताको पुँजीबजार

साताको पहिलो कारोबार दिन अर्थात पुस ७ गते सेयर बजार १३.५३ अंकले घटेर २५८३.२९ बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

आइतबार ११९ कम्पनीको ९१ लाख ८० हजार ७ सय १८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५१ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन ८४ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको सेयर मूल्य घटेको थियो भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, आइतबार १ कम्पनीका सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको थियो ।

साताको दोस्रो कारोबार दिन अर्थात पुस ८ गते सेयर बजार २८.९१ अंकले बढेर २६१२.२० को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

सोमबार ३ सय २८ कम्पनीको ८९ लाख ८ हजार ८ सय ५१ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४३ करोड २४ हजार ६ सय ३ रुपैयाँ बराबारको कारोबार भएको थियो । सोमबार १ सय ९४ कम्पनीको सेयर मूल्य बढ्दा ४२ कम्पनीको सेयर मूल्य घटेको थियो भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, सो दिन ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो भने १ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको थियो ।

साताको तेस्रो कारोबार दिन अर्थात पुस ९ गते सेयर बजार १४.११ अंकले बढेर २६२६.३१ को बिन्दुमा पुगेर बजार बन्द भएको थियो ।

सो दिन ३ सय १२ कम्पनीको १ करोड २७ लाख ४६ हजार ४१० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार १ सय ६७ कम्पनीको सेयर मूल्य बढ्दा ७१ कम्पनीको सेयर मूल्य घटेको थियो भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।

साथै, मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सर्पोट माक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य नकारात्मक सर्किट लागेको थियो ।

साताको अन्तिम कारोबार दिन अर्थात पुस ११ गते सेयर बजार ४.१९ अंकले बढेर २६३०.७१ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

बिहीबार ३ सय १० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९ सय ७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड ९२ लाख ७४ हजार ४ सय ५४ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सो दिन ९४ कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

साथै, बिहीबार २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर मूल्य नकारात्मक सर्किट लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्