Skip to content
Shikhar Insurance
National Life

साढे ४ महिना यताकै न्यून विन्दुमा झर्याे बजार, सानिमा जीआईसी इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेर पछिल्लो करिब साढे ४ महिना यताकै न्यून विन्दुमा बन्द भएको छ । अघिल्लो तिन कारोबार दिनदेखि निरन्तर घटिरहेको नेप्से मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

दोहोरो अंकले घटेको सेयर बजारमा सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीमा लगानीकर्ताहरु झुम्मिएका छन् । यसदिन सो इन्स्योरेन्सको २० करोड ३७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै, नबील बैंकको ३ करोड ४४ लाख रुपैयाँ, एनआइसी एशिया बैंकको ३ करोड २ लाख, शिवम् सिमेन्टको २ करोड ६३ लाख र सिटिजन लाइफ इन्स्योरेन्सको २ करोड ६० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.०६ अंक घटेर १८८९.५९ विन्दुमा झरेको छ । यस अघि गत जेठ १८ गते नेप्से १८६६.३४ विन्दुमा बन्द भएको थियो।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.४५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १।३८ अंक घटेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ फ्लोट इण्डेक्स १.२४ अंक घटेको छ।

नेप्से घटेपनि यस दिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार १ अर्ब १७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २८२ कम्पनीको ४४ हजार ६९ पटकको कारोबारमा १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ बराबरको ४२ लाख ८७ हजार कित्ता सेयर किनबेच भएको छ।

नेप्सेका अनुसार अप्पर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ५.८६ प्रतिशत बढेको छ। अन्य कम्पनीको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर मूल्य सर्वाधिक ७.६४ प्रतिशत घटेको छ। त्यस्तै, गरिमा विकास बैंकको ऋणपत्रको मूल्य यस दिन साढे ५ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधकि १.७९ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा र निर्जीवन बीमा उपसमिूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्