Skip to content
Shikhar Insurance
National Life

साढे २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै माइक्रो इन्स्योरेन्स, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो ।

कम्पनीले सेयरको प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ । उक्त आईपीओ सर्वसाधारणहरुमा निष्कासन गर्नको लागि मिति साउन २१ गते धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको कम्पनीले जनाएको छ ।

उक्त सम्झौतापत्रमा निष्कासन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्‍याउने लक्ष्य लिई यस नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ चैत २७ गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८० बैशाख २६ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्