Skip to content
Shikhar Insurance
National Life

साञ्जेनको पनि नोक्सानी बढेको बढ्यै, उत्पादन हुने मिति अझै अनिश्चित

Hyundai
NCELL
NIMB

काठमाडौं । साञ्जेन जलविद्युत आयोजनाको पनि नोक्सानी बढेको छ । कोरोना र अन्य कारणले निर्माण अवधी लम्बिँदै जाँदा कम्पनीको घाटा बढेर एक करोड ३४ लाख पुगेको छ । गत आवको पुस मसान्त अवधीमा कम्पनीको त्यस्तो नोक्सानी ९५ लाख मात्रै थियो ।

कम्पनीले १४.८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ । माथिल्लो सान्जेनको ८९ प्रतिशत तथा सान्जेनको ७८ प्रतिशत भौतिक प्रगति भएको वित्तीय विवरणमा लेखिएको छ। माथिल्लो सान्जेनको २०७७ असारसम्म र सान्जेनको आर्थिक बर्ष ०७७।०७८ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । कम्पनीले माथिल्लो सान्जेनको २०७८ पुसबाट र सान्जेनको २०७९ असारबाट उत्पादन थाल्ने बताएको थियो ।

सान्जेनको निर्माण अवधिको ब्याज बाहेक ५ अर्ब २ करोड र माथिल्लो सान्जेनको २ अर्ब २१ करोड लागत पुर्वानुमान गरिएको छ । ब्याज सहित दुई आयोजनाको लागत झण्डै १० अर्ब पुग्ने देखिन्छ । कम्पनीले आइपीओ मार्फत ५४ करोड ७५ लाख रुपैयाँ संकलन गरेको थियो ।

चुक्ता पूँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको कम्पनीको ४ अर्ब ५८ करोड रुपैयाँ दिर्घकालीन ऋण रहेको छ। जगेडाकोष पनि १४ करोड ९१ लाख ऋणात्मक छ। कम्पनीको प्रतिशेयर आम्दानी ८२ पैसा ऋणात्मक छ। कम्पनीको प्रतिशेयर नेटवर्थ ९५ रुपैयाँ तथा प्रतिशेयर कुल सम्पतिको मूल्य २४२ रुपैयाँ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्