Skip to content
Shikhar Insurance
National Life

सांसद यादवको प्रश्न-प्रधानमन्त्रीले बारम्बार विश्वासको मत लिनुपर्ने विडम्बना किन आइरहेको छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बारम्बार विश्वासको मत लिनुपर्ने विडम्बना किन आइरहेको छ, यसबारे आत्मसमीक्षा गर्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले आज प्रतिनिधिसभा बैठकमा राखेका विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा आफ्नो धारणा राख्दै उनले बारम्बार विश्वासको मत लिनुपर्ने अवस्था किन आयो प्रधानमन्त्रीले आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए ।

“किन आज प्रधानमन्त्रीले पटकपटक विश्वासको मत लिनुपर्ने बाध्यता आइपरेको हो ?, विश्वास दिलाउन सकेको भए आज प्रधानमन्त्रीलाई यस्तो अवस्था आउने थिएन होला”, सांसद यादवले भने,“किन आफूलाई समर्थन गर्नेले पनि साथ छाड्दै गएका हुन् ? यसबारे समीक्षा गर्नुपर्ने अवस्था आएको छ ।”

सांसद यादवले सुशासनको पक्षमा सबै राजनीतिक दल मिलेर अगाडि बढ्नपर्नेमा जोड दिए । आदिवासी, जनजाति, मधेसी तथा पछाडि परेका समुदायको पक्षमा संविधान संशोधन हुनेमा आफू विश्वस्त रहेको बताउँदै उनले संविधान संशोधनका लागि समर्थन गर्ने जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्