Skip to content
Shikhar Insurance
National Life

सांसद गगन थापाले निर्वाचन आयोगलाई बुझाए १५ हजार जरिवाना

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । थापाले खर्च विवरण आयोगलाई बुझाएर सार्वजनिक गरे पनि सार्वजनिक गरेको जानकारी आयोगलाई गराएका थिएनन्। त्यसैका लागि उनलाई जरिबाना गरिएको हो ।

आफूले आयोगमा २०७९ मंसिर २५ गते नै खर्च विवरण बुझाएको र त्यो विवरण सार्वजनिक पनि गरेको तर सार्वजनिक गरेको जानकारी आयोगलाई गराउनुपर्छ भन्ने थाहा नभएको थापाले बताएका छन् ।

‘अतः १५ हजार जरिवाना तिरेको जानकारी गराउँदै, पहिला नै आयोगलाई बुझाएर सार्वजनिक भैसकेको निर्वाचन खर्च विवरण पुनः सार्वजनिक गरेको जानकारी गराउँछु’ थापाले फेसबुकमा भनेका छन् ।

थापाले सार्वजनिक गरेको खर्च विवरण यस्तो छः

May be an image of ticket stub and text

 

GBIME

प्रतिक्रिया दिनुहोस्