Skip to content
Shikhar Insurance
National Life

सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छु : मन्त्री बुढा

Hyundai
NCELL
NIMB

काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले आफूले सांसदहरुको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताएका छन् ।बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।

मन्त्री बुढाले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकांक, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औं पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरुलाई आधार बनाइएको बताए । उनले जनता आवास कार्यक्रम संचालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको जानकारी गरे ।

मन्त्री बुढाले मन्त्री निवास, संघीय संसद भवन निर्माणलगायतका ठूलो परियोजनाहरु रहेकाले बागमती प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी बजेट विनियोजन गरिएको देखिएको स्पष्ट पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्