Skip to content
Shikhar Insurance
National Life

सांग्रिला विकास बैंककाे नयाँ ब्याजदर सार्वजनिक,अब कुनमा कति पाइन्छ ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला विकास बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन १ गतेबाट लागू हुने गरि यसअघि दिँदै आएको ब्याजदरमा केही घटाउँदै नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दती निक्षेपतर्फ ३ महिनादेखि १ वर्ष सम्मका लागि १० प्रतिशत र १ वर्षभन्दा माथि १०.१० प्रतिशत ब्याजदर तोकेको छ । भने, रेमिट्यान्स मुद्दती निक्षेपतर्फ ३ महिनादेखि १ वर्षसम्मका लागि ११ प्रतिशत र १ वर्षभन्दा माथिका लागि ११.१० प्रतिशत ब्याज दिनेछ।

त्यस्तै, बचततर्फ सांग्रिला सुपर प्रिमियम बचत, सेयर होल्डर्स सेभिङ, जेष्ठ नागरिक बचत खात, नारी बचत खाता, बाल भविष्य बचत र स्टाफ सेभिङमा ६.६५ प्रतिशत ब्याज तोकेको छ ।

साथै,सुनौलो रेमिट्यान्स बचत खातामा ८.५० प्रतिशत, सांग्रिला उन्नत बचत खाता र स्वर्णिम नारी बचत खातामा ७.५० प्रतिशत ब्याज दिनेछ। मेरो सांग्रिला बचत खातामा ६.७० प्रतिशत, सांग्रिला नौलो बचत खातामा ६.८० प्रतिशत, सांग्रिला पेरोल एकाउन्टमा ६.७५ प्रतिशत, सांग्रिला समृद्धि बचत खातामा ६.७५ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ ।

बैंकले अन्य प्रकारका बचत खातामा अधिकतम ५.८० देखि न्युनतम ५.७० प्रतिशतसम्म ब्याज दिनेछ।

बैंकले फिक्स्ड पर्सनल आवद्यिक कर्जामा ७ वर्षभन्दा माथिका लागि १६ प्रतिशतभन्दा धेरै ब्याज लिने जनाएको छ । त्यस्तै, कर्जातर्फ आधारदरमा न्युनतम ४ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म प्रिमियम लिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्