Skip to content
Shikhar Insurance
National Life

सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटलबीच सम्झौता, बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटबीच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटको तर्फबाट निर्देशक संजीव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटले बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका सेवालगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ ।

स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने पनि सम्झौता पत्रमा उल्लेख गरिएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्