Skip to content
Shikhar Insurance
National Life

सहकारी संस्थाको ब्याजदर ‘क्यापिंग’ हटाएर बजार अनुरुप स्वचालित बनाउन महासंघको माग

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले सहकारीको सन्दर्भ ब्याजदरलाई बजार अनुरुप स्वचालित रुपमा निर्धारण हुने व्यवस्था गर्न माग गरेको छ । वित्तीय बजारमै ब्याजदरमा उतारचढाब आउँदा सहकारी संस्थाका लागि क्यापिंगका रूपमा लगाइएको सन्दर्भ ब्याजदरले प्रतिकुल अवस्था सिर्जना गरेको भन्दै महासंघले सो व्यवस्था हटाउन माग गरेको हो ।

महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै भनेको छ– ‘ कोभिड–१९ महामारी, रूस–युक्रेन युद्ध, असन्तुलित व्यापार घाटा, उच्च मूल्यवृद्धिका कारण समग्र अर्थतन्त्रमा परेको असरबाट सहकारी क्षेत्र पनि प्रभावित भएको छ । जसका कारण सदस्यहरूमा लगानी भएको सावाँ व्याज असुलीमा समस्या भएर सहकारी संघ–संस्थाको भुक्तानी सन्तुलन प्रभावित भएको छ । तत्काल सन्दर्भ ब्याजदर पुनरावलोकनका साथै उक्त सन्दर्भ ब्याजदरलाई क्यापिंगको रूपमा नभई बजार अनुरुप स्वचालित रुपमा ब्याजदर निर्धारण हुने कानूनी व्यवस्था मिलाउन नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरीवी निवारण मन्त्रालय समक्ष जोडदार माग गर्दछौं ।’

सन्दर्भ ब्याजदरलाई तत्काल पुनरावलोकन गर्नका लागि महासंघले पटक–पटक अभियानको तर्फबाट सुझाव पठाउँदै आएपनि हालसम्म सन्दर्भ ब्याजदर पुनरावलोकन नहुनु दुःखद् भएको महासंघले उल्लेख गरेको छ ।

सहकारी संघरसंस्थाको वित्तीय जोखिम न्यूनीकरणका लागि अत्यावश्यक सहकारी कर्जा सूचना केन्द्र, वचत तथा कर्जा सुरक्षण कोषको स्थापना तथा कर्जा असुली न्यायधीकरण तत्काल गठान गर्न महासंघले माग गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्