Skip to content
Shikhar Insurance
National Life

सहकारी प्रकरणहरुको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो हुन्छ : सांसद जबरा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले सहकारी प्रकरणहरुको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अपm्ठ्यारो पर्ने बताएक छन् ।बुधबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएका बताएका हुन् ।

उनले सहकारीहरुलाई निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो पर्ने बताए । उनले स्थानीय तहहरुले पूर्वाधारमा खर्च गर्न गाह्रो परिरहेको भन्दै अघिल्लो वर्षको खर्च गर्ने क्षमता हेरेर स्थानीय तहहरुलाई ५० प्रतिशत पैसा पहिल्यै दिनसके पूर्वाधारमा खर्च गर्न सजिलो हुने जानकारी दिए ।

उनले भने,‘सहकारीमा के भयो भनेर निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठ्यारो हुन्छ । पीडितको मात्र कुरा गरेको होइन, यसले हाम्रो अर्थतन्त्रमा पनि समस्या ल्याएको छ । त्यसैले यसमा छिटोभन्दा छिटो निष्पक्ष छानविन गर्नु जरुरी छ । अहिले झाँक्री पनि त्यही । बोक्सी पनि त्यही । आरोपित व्यक्ति पनि त्यही । छानविन गर्ने गृहमन्त्री पनि त्यही । त्यही कारण अहिले संसदबाटै छानविन गर्नु जरुरी छ । स्थानीय तहको पूर्वाधारको खर्च गर्न स्थानीय तहलाई पनि गाह्रो छ ।

साथै, एउटा समस्या के हो भने स्थानीय तहले अन्तिम किस्ता लगभग वैशाखमा पाउने गर्छ । त्यसैले उहाँहरुलाई पैसा खर्च गर्नपनि गाह्रो छ । त्यसैले मेरो आग्रह के छ भने भेरियस् फाइनान्सियल टुल्स प्रयोग गरेर पोहोर सालको फाइनान्सियल क्यापिसिटी हेरेर पोहोर साल त्यो स्थानीय तहले कति पैसा खर्च गरेको छ, त्यसको ५० प्रतिशत पैसा चाहीँ पहिल्यै दियो भने स्थानीय तहलाई पूर्वाधारमा खर्च गर्न सजिलो हुन्छ भन्ने मलाई लागेको छ ।’

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्