Skip to content
Shikhar Insurance
National Life

सहकारी क्षेत्रले आममानिसको हितमा काम गर्नुपर्छः अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सहकारी क्षेत्र सहभागितामूलक लोकतन्त्रको एउटा रुप भएको बताएका छन् ।

समाजवादी सहकारी सङ्गठन नेपालद्वारा आयोजित कार्यक्रममा उनले सहकारीले आममानिसको हितमा काम गर्नुपर्ने बताउँदै यसले मिश्रित अर्थतन्त्रका मान्यताअनुरूप सहकारी निजी र राज्य सम्मिलित तीनखम्बे अर्थतन्त्रलाई संविधानले पनि अगाडि सारेको बताए ।

समाजमा छरिएका स–साना पुँजीलाई एकीकृत गरी ठूलो लगानीका लागि सहकारीले वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए। अध्यक्ष नेपालले अहिले मिटरब्याज पीडितहरूको अवस्था विकराल भएकामा चिन्ता व्यक्त गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सरकारले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रममा समेत यसलाई सम्बोधन गरिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्