Skip to content
Shikhar Insurance
National Life

सहकारीद्वारा खाद्यान्न उद्योग सञ्चालन, ४५ लाख पुँजीबाट सुरु भएको संस्था हाल २७ करोड माथि

Hyundai
NCELL
NIMB

वालिङ । स्याङ्जाको वालिङमा महिलाद्वारा सञ्चालित गतिशील महिला बहुउद्देश्यीय सहकारी संस्थाले ‘अन्नपूर्ण खाद्यान्न उद्योग’ सञ्चालनमा ल्याएको छ । सहकारीले ३ करोड ३३ लाख रुपैयाँको लागतमा फागुन २८ गतेदेखि उद्योग सञ्चालनमा ल्याएको हो ।

वालिङ नगरपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादन हुने रैथाने बालीको प्रवद्र्धन गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष कविता तिवारी गैरेले बताइन् । उक्त उद्योगबाट रैथाने बाली जर्नेली धान, गहुँ, दलिया, आटा, सर्वोत्तम पिठोलगायत पौष्टिक आहार उत्पादन हुने गर्दछ ।

“वालिङको ब्राण्डकारूपमा गुणस्तरयुक्त ‘अन्नपूर्ण ब्राण्ड’ को नामबाट खाद्यान्न बजारमा पठाउँछौँ”, उनले भनिन्। सर्वोत्तम पिठो अहिलेसम्म नेपालमा उत्पादन नभएकाले यहाँबाट उत्पादन हुने पिठो मुलुककै पहिलो पौष्टिक आहारको रूपमा रहेको अध्यक्ष तिवारीको दाबी छ । बालबच्चादेखि वृद्धवृद्धा सबैलाई पौष्टिक आहारकारूपमा प्रयोग गर्न सकिने उनले जिकिर गरिन् ।

सहकारीले यसअघि समृद्धि गार्मेन्ट उद्योग र नमूना कृषि फर्म सञ्चालन गरिसकेको छ । “महिलाद्वारा सञ्चालित सहकारीले बचत तथा ऋणको कारोबारसँगै गार्मेन्ट उद्योग, नमूना कृषि फर्म सञ्चालन गरिसकेका छौँ”, उनले भनिन्, “बहुउद्देश्यीय सहकारी संस्था भएकाले फरक–फरक क्षेत्रमा काम गर्न पाइने भएकाले अन्नपूर्ण खाद्यान्न उद्योग स्थापना गरेका हौँ ।”

सहकारीले वालिङ–६ मा ३६ रोपनी जग्गा भाडामा लिएर खाद्यान्न उद्योग स्थापना गरेको हो । सोही ठाउँमा नमूना कृषि फर्म पनि सञ्चालनमा छ ।

विसं २०६९ मा ४० जना महिलाद्वारा स्थापित सहकारीले विसं २०७० वैशाखबाट विधिवत् सेवा सुरु गरेको थियो । ४५ लाख सेयर पुँजीबाट सुरु भएको संस्थामा हाल २७ करोड सेयर पुँजी रहेको संस्थाका सचिव इन्दिरा गैरे अधिकारीले बताइन्।

सहकारीमा हाल सात हजार सात सय ७६ महिला सेयर सदस्य छन् भने ३६ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्