Skip to content
Shikhar Insurance
National Life

सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको संसदीय सुनुवाई १४ गते

Hyundai
NCELL
NIMB

काठमाडौं । बेल्जियमका लागि प्रश्तावित राजदुत सेवा लम्साल र सर्वोच्च अदालतका लागि प्रश्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डेको कार्तिक १४ गते संसदीय सुनुवाई हुने भएको छ ।

सोमवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले बेल्जियमका लागि प्रश्तावित राजदुत लम्साल र सर्वोच्च अदालतका प्रश्तावित न्यायाधीशद्वय निरौला र पाण्डेको सुनुवाई आगामी बुधवार एकैदिन गर्नेगरी सचिवालयले तयार पारेको प्रश्ताव पारित गरेको हो ।

उजुरीकर्ताको उजुरीमाथि सुनुवाई गरी उनीहरुको सुनुवाईको काम पनि एकैदिन सम्पन्न गर्नेगरी सचिवालयबाट गरिएको प्रश्तावसहितको कार्ययोजना समितिको बैठकले पारित गरेको ज्येष्ठ सदस्य (सभापति) पशुपति समशेर जबराले जानकारी दिए ।

उनले भने, ‘सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रश्तावित व्यक्तिको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्टयाई र औचित्यतता प्रष्ट गर्न लगाउने । बेल्जियमका लागि नेपाली राजदुत र सर्वोच्च अदालतका न्यायाधीश पदमा प्रस्तावित व्यक्तिहरुलाई समितिमा आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्य गरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रस्तावि कार्यतालिका परिमार्जन समिति पारित गरिएको छ । समितिको अर्को बैठक यही कार्तिक १४ गते बिहान ८ बजे बस्नेगरी यो बैठक स्थगित हुन्छ ।’

बेल्जियमका लागि प्रस्तावित राजदुत लम्साल परराष्ट्र सचिव हुन् । समितिको अर्को बैठक आगामी कार्तिक १४ गते बिहान ८ बजेका लागि बोलाइएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्