Skip to content
Shikhar Insurance
National Life

सर्लाही भन्सारले उठायो लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व

Hyundai
NCELL
NIMB

सर्लाही । जिल्ला भन्सार कार्यालय सर्लाहीले लक्ष्यभन्दा १७६ प्रतिशत बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७७र७८ मा कार्यालयले ३४ करोड ३६ लाख ३८ हजार राजस्व असुली गर्ने लक्ष्य लिएकामा ६० करोड ५९ लाख ५४ हजार राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख राजेशकुमार दत्तले जानकारी दिए । कार्यालयले लक्ष्यभन्दा १७६ प्रतिशतभन्दा बढी राजस्व सङ्कलन गरेको हो । भारतबाट भित्रिएका खाद्यान्न र अन्य सामग्रीबाट भन्सार काटेर सो राजस्व सङ्कलन गरिएको भन्सार अधिकृत दत्तले बताए ।

कार्यालयले जिल्लाको मुख्य नाका तथा अन्य शाखा नाकाहरु हुँदै भारतबाट आयात भएका खाद्यान्न तथा अन्य विभिन्न सामग्रीबाट मात्रै सो राजस्व सङ्कलन गरेको हो ।

कोरोना सङ्क्रमणपछि जिल्लाको नेपाल–भारत सीमामा रहेका सातवटा छोटी भन्सार कार्यालय बन्द अवस्थामा रहेका छन् । मुख्य भन्सार नाका भएर सामानहरु तुलनात्मकरूपमा कम भित्रिँदा पनि राजस्वमा वृद्धि भएको छ ।

सिमानामा सुरक्षा व्यवस्था कडा पारिएकाले सामान कम भित्रिए पनि राजस्वमा वृद्धि भएको कार्यालय प्रमुख दत्तले बताए । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्