Skip to content
Shikhar Insurance
National Life

सर्लाहीवासीको कोभिड पिडामा सम्पर्क मञ्चको मल्हम, सहिद परिवारलाई पक्की घर

Hyundai
NCELL
NIMB

सर्लाही । माओवादी केन्द्र सर्लाहीले जनयुद्धका जिल्लाका प्रथम सहीद इन्द्र कोइरालाको आश्रित परिवारका लागि घर बनाइदिने निर्णय गरेको छ।

माओवादी केन्द्र सर्लाही जिल्ला समितिको बुधबार बसेको बिस्तारित बैठकले बागमती नगरपालिकामा सहीद कोइरालाका आश्रित परिवारका लागि चार कोठे पक्की घर बनाइदिने निर्णय गरेको हो। बागमती नगरपालिकाकाले घर निर्माणका लागि सहीद कोइरालाकी पत्नी लक्ष्मी कोइलालाई निःशुल्क रुपमा घडेरी उपलव्ध गराएको छ।

जनयुद्धको क्रममा १० कात्तिक २०५५ मा कोइरालाको मृत्यु भएको थियो। उनका पत्नी र दुई छोरा छन्। उनी १० वर्षे जनयुद्धको क्रममा सर्लाही जिल्लाका प्रथम सहीद हुन्। आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कोइराला परिवार घरविहीन भएपछि घर बनाइदिने निर्णय गरिएको माओवादी सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए। घरबारबिहीन अवस्थामा रहेका कोइराला परिवार हाल अर्कैको घरमा बसिरहेका छन्। घर निर्माणमा झण्डै १५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ।

यस्तै जिल्लाकी माओवादी केन्द्र नेतृ माया बललाई क्यान्सरको उपचार गर्न तथा औषधि र पौष्टिक आहारको लागि जिल्ला पार्टीको तर्फबाट मासिक ५० हजार रकम उपलब्ध गराउने भएको छ ।

सर्लाहीवासीको कोभिड पिडामा सम्पर्क मञ्चको मल्हम

सर्लाही-काठमाडौं सम्पर्क मञ्चले सर्लाहीका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरेको छ । कोभिड-१९ को महामारीबाट आक्रान्त बनेका जिल्लावासीको पिडामा मञ्चले मल्हम लगाएको हो ।

मञ्चले पहिलो लहरमा काठमाडौंदेखि स्वाथ्य सामग्री लिएर सर्लाहीका विभिन्न स्थानीय निकायमा स्वास्थ्य सामाग्री थगा खाद्यान्न वितरण र हस्तान्तरण गरेको हो । त्यसपछि काठमाडौंमा बिचल्लीमा परी जिल्ला फर्कन चाहने हजारौं सर्लाहीवीसीलाई यातायातको व्यवस्थापन गरी मञ्चले जिल्ला पठाएको थियो । मञ्चले काठमाडौंमै रकेका विपन्न वर्गका करिब १५ सय सर्लाहीबासी परिवारलाई राहत समेत वितरण गरेको छ ।

नेकपा माओवादी केन्द्र सर्लाही, सर्लाही–काठमाडौं सम्पर्क मञ्च, सम्पर्क समन्वय कमिटीका संयोजक सन्तोष दाहाललगायतको पहलमा स्वाथ्य सामग्री जुटाएर मञ्चले सर्लाहीमा वितरण गरेको हो । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले सञ्चालन गरिरहेको कोभिड स्वाथ्य शिविरको स्वास्थ्यकर्मी टिम सहित सर्लाही पुगेर श्रेष्ठको नेतृत्वमा सर्लाहीका विभिन्न ठाउँमा एन्टिजेन टेस्ट सहित कोभिड स्वास्थ्य शिविर सम्पन्न गरेको हो

GBIME

प्रतिक्रिया दिनुहोस्