Shikhar Insurance
National Life

सर्टमा टाँक लगाएर मासिक ७० हजार कमाइ, स्थानीयलाई रोजगारी पनि दिए

सिंहदरबार संवाददाता
२०८१ पुष २३, मंगलवार १४:३५
Hyundai
NCELL
NIMB

झापा । सर्टमा टाँक लगाएर मासिक सत्तरी हजार कमाइ गर्न सकिन्छ भन्दा अनौठो लाग्न सक्छ । तर मेचीनगर नगरपालिका–११ का ४२ वर्षीय दीनानाथ खतिवडाले सो व्यवसाय सञ्चालन गरी कमाइ गरिरहेका छन् ।

१० वर्ष मलेसियामा बसेर फर्केका खतिवडाले विदेशमा सिकेको सीपलाई स्वदेशमै सदुपयोग गरी आयआर्जन मात्र होइन स्थानीयलाई रोजगारी पनि दिएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले तीन वर्षअघि ५ लाख लगानीमा मेचीनगर–१० चाँदनी चोकमा सुरु गरेको व्यवसायमा स्थानीय क्षेत्रका गार्मेन्ट उद्योगमा उत्पादित कपडा ल्याउने गरिन्छ । गार्मेन्टमा तयार हुने सर्ट, कुर्ताहरुको टाँकघर बुन्ने र टाँक लगाउने काम गर्दै आएको उनले बताए ।

‘सीप र पुँजी छभने मान्छे भोकले मर्दैन’ उनी भन्छन्, ‘आफ्नै देशमा परिवारसँगै बसेर मनग्ये आम्दानी गर्न सकिन्छ ।’ उनले पाँचलाई रोजगारी प्रदान गरेको बताए । हाल एउटै मेसिनबाट दिनरात काम गरिरहेको उनले बताए । स्थानीय सरकारको सहयोग पाएमा आगामी दिनमा मेसिन थप गरी धेरैलाई सीप सिकाउने र रोजगार दिने योजना बनाएको उनको भनाइ छ ।

वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिको पुन: एकीकरण (रेमी) परियोजनामार्फत उनको उद्यमलाई प्रवर्द्धन गर्न स्थानीय तहसँग समन्वय गरिरहेको मेचीनगर नगरपालिकाका रेमी परियोजना संयोजक फडिन्द्र दाहालले जानकारी दिए ।

नेपाल सरकार र स्वीस सरकारको संयुक्त लगानीमा सुरु गरिएको यो परियोजनाले विगत दुई वर्षदेखि मेचीनगर नगरपालिकालगायत कोशीका १० वटा स्थानीय तहमा काम गरिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्