Skip to content
Shikhar Insurance
National Life

सरकार २९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै

Hyundai
NCELL
NIMB

काठमाडाैं।  सरकारका लागि राष्ट्र बैंकले भाेलि मंगलबार २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कुल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो ।

यसमध्ये २४ अर्ब ६६ करोड रूपैयाँ पुरानै ऋणपत्र नवीकरण हुने भएका हुन् भने ५ अर्ब नयाँ ऋणपत्र उठाइने छ। ८ अर्ब रूपैयाँको २८ दिने, ७ अर्ब ७५ करोडको ९१ दिने र ८ अर्ब ९१ करोड ६५ लाख ५० हजारको ३ सय ६४ दिने ऋणपत्र उठाइन लागिएको हो।

नयाँ उठाइन लागेको ५ अर्बको ऋणपत्रको अवधि भने एक सय ८२ दिन रहेको छ। यसअघि असार ११ मा २४ अर्ब रूपैयाँको ऋणपत्र बोलकबोल गरिएको थियो। जसमा औसत ब्याजदर ५.६१ देखि ७.१९ प्रतिशतसम्म कायम भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्