Skip to content
Shikhar Insurance
National Life

सरकार र निजी क्षेत्र अलग हुन् भन्ने मानसिकता बदल्नुपर्छः उद्योगमन्त्री भट्ट

Hyundai
NCELL
NIMB

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार र निजी क्षेत्र अलग हो भन्ने प्रवृत्ति बदल्नु पर्ने बताएका छन् । राष्ट्रिय व्यवसायिक पहलको चौधौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई थप गति र नयाँ उचाई दिन सरकार तत्पर रहेको बताए ।

साथै उनले कृषिमा पूँजीको बन्देज र विभिन्न शर्तहरु राखेर वैदेशिक लगानी खुला गरिएको स्पष्ट पार्दै कोभिड–१९ बाट परेको प्रतिकूल असरलाई कम गर्न सरकार क्रियाशिल रहेकोले व्यवसायीहरुको सुझावलाई कार्यान्वयन गर्न सरकार सदैव तत्पर रहेको बताए ।

सोही अवसरमा मन्त्री भट्टले राष्ट्रिय व्यवसायिक पहलद्वारा प्रकाशित कोभिड १९ को प्रभावमा परेका साना, मझौला तथा लघु उद्यमको पुनस्र्थापना गर्न आवश्यक नीतिगत परिमार्जन सम्बन्धि निजी क्षेत्रले अघि सारेका सल्लाह सुझाव सहितको प्रतिवेदन विमोचन पनि गरे ।

कार्यक्रममा पहलका अध्यक्ष कुश कुमार जोशीले कोभिड–१९को संक्रमण पश्चात व्यवसायमा परेको नकारात्मक असर बारे विस्तृत अध्ययन गरी त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने बारे राष्ट्रिय व्यवसायिक पहलले अध्ययन प्रतिवेदन तयार गरेको बताए ।

अध्यक्ष जोशीले पछिल्लो समयमा राजनीतिमा उत्पन्न ध्रुविकरणले बन्द जस्ता कार्यक्रमहरु पुनः दोहोरिएकोले व्यवसायको सञ्चालनमा वाधा पुगेको तर्फ ध्यानकर्षण गराए ।

GBIME

प्रतिक्रिया दिनुहोस्