Shikhar Insurance
National Life

सरकार जनमुखी भएर चल्न नसकेको नेता खनालकाे आरोप

सिंहदरबार संवाददाता
२०८१ पुष १२, शुक्रबार १८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकार जनमुखी भएर चल्न नसकेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सम्मानित नेता खनालले यस्तो आरोप लगाएका हुन् ।

उनले नेतृत्व संविधानमुखी भएर चल्न नसक्दा समस्याहरु आइरहेको बताउँदै देशमा शान्ति त्यसै नआउने भन्दै शान्ति स्थापनाका लागि आधार तयार गर्नुपर्ने जनाए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले आर्थिक, राजनीतिक समानता स्थापना र मानिसमाथि हुने शोषणको अन्त्य नगरेसम्म देशमा शान्ति स्थापना हुन नसक्ने बताए । उनले संविधानमा समाजवादउन्मुख भनिएपनि अहिलेसम्म कार्यान्वयन हुन नसकेको र कुनैपनि नेतृत्वले समाजवादको कुराहरु नगरेको बताए ।

उनले संविधान संशोधन गर्ने भनिरहेको बेलामा संविधान संशोधनमार्फत हटाइदिने आशंका व्यक्त गर्दै भने, ‘हामीले देशमा शान्ति स्थापना गर्ने आधार बनाउनु पर्छ । जबसम्म आर्थिक समानता, राजनीतिक समानता यि कुरा स्थापना गर्न सकिँदैन, मान्छेले मान्छेलाई गर्ने शोषणलाई जबसम्म अन्त्य गर्न सकिँदैन, हाम्रो संविधानले भनेको हामी समाजवादतर्फ जानुपर्छ भनेर । नेतृत्व जनमुखी भएर चल्न सकेन । नेतृत्व संविधानमुखी भएर पनि चल्न सकेन । यसकारणले गर्दा समस्याहरु छन् ।’

पूर्वप्रधानमन्त्री खनालले २० वर्षसम्म पनि संक्रमणकालीन न्यायसँग सम्बन्धित ऐन बनाएर कार्यान्वयन गर्न नसक्नु दु:खद् भएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्