Skip to content
Shikhar Insurance
National Life

सरकारी म्युचुअल भोलिदेखि, आरबीबी म्युचुअल फन्डमा यसकारण दिनुहोस् आवेदन

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारी म्युचुअल फन्ड अर्थात् आरबीबी म्युचुअल फन्डमा भोलिदेखि लगानी गर्न पाइने भएको छ । राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्गले ल्याएको एक अर्ब रुपैयाँ (दश करोड एकाइ) को आरबीबी म्युचुअल फन्ड–१ असार २३ गते बुधबार देखि बिक्री खुल्ला हुने भएको हो ।

यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक तथा योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग हो । यो एक बन्दमुखी योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ ।

कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल एकाइ रकमको १३ (तेह्र) प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पुँँजीको रुपमा लगानी गर्नेछ । प्रति एकाइ मुल्य १० रुपैयाँ रहेको म्युचल फन्डमा अधिकतम एक करोड एकाइ संख्यासम्म लगानी गर्न सकिने छ ।

एकाइ बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्चप्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्‍याउने उद्देश्यले यस योजनाको एकाइहरु निष्काशन गर्न लागिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्नु हुने लगानीकर्ताहरुले मेरोसेयरबाट आवेदन दिन सक्नेछन् । छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फन्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्