Skip to content
Shikhar Insurance
National Life

सरकारसँग ८ बुँदे सहमति गर्दै यातायात मजदुरले लिए आन्दोलन फिर्ता

Hyundai
NCELL
NIMB

काठमाडौं । यातायात मजदुरको आन्दोलन फिर्ता लिएका छन् । मुलुकी संहिताको विरोधमा आन्दोलनरत नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सरकारसँग ८ बुँदे सहमति गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा भएको सहमति पछि सार्वजनिक यातायात पुनः सञ्चालनमा ल्याइएको छ ।

यातायात मजदुरले राखेको मागमा सरकारले सवारी चालक संघर्ष समितिले दिएको ज्ञापनपत्रलाई कार्यान्वयनमा लैजान गृह, भौतिक पूर्वाधार तथा यातायात र कानून, न्याय तथा संसदीय मामिलामा पठाउने, ट्राफिक संकेत र सडकको नियमित मर्मत गरी भौतिक अवस्था दुरुस्त राख्ने, राजमार्गमा निश्चित दुरीमा ठूला सवारीका लागि व्यवस्थित पार्किङको व्यवस्था गर्ने, सडक दुर्घटना हुँदा निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्ने सुनिश्चित गर्ने, सवारी चालकलाई समय समयमा सडक सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नेबारे सहमति गरेको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्