Skip to content
Shikhar Insurance
National Life

सरकारले ७ किसिमका औद्योगिक पूर्वाधार अगाडि बढाएको छः डा.ज्ञवाली

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल उद्योग परिसंघले राजधानीमा आज मंगलबार आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिटमा आफ्ना धारणा राख्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. तोयानारायण ज्ञवाली भने– नेपाल सरकारले ७ किसिमका औद्योगिक पूर्वाधार अगाडि बढाएको छ । सेजमा ४२ वटा उद्योग अप्रेसनमा छन् भने केही सञ्चालनका क्रममा छन् । यसका साथै सबै पालिकाहरुमा औद्योगिक ग्रामहरु बन्दै छन् । औद्योगिक पूर्वाधार निर्माणका सवालमा सरकार र निजी क्षेत्रको सहकार्यका सम्बन्धमा संविधानले नै प्रष्ट व्यवस्था गरेको छ ।

त्यसैगरी दिगो विकास लक्ष्य (एसडीजी) ९ नम्बरले पनि व्यवस्था गरेको छ । नेपाल उद्योग व्यवसायलाई सहजीकरण गर्ने सवालमा औद्योगिक व्यवसाय ऐन, सेज ऐन, पीपीपी ऐनले मार्गनिर्देश गरेको छ । सोहीबमोजिम सरकार र निजी क्षेत्रले सँगै परियोजना अगाडि बढाउन सकिने यथेष्ट व्यवस्था छन् । छुट सुविधाका सम्बन्धमा अन्य देशमा भएका अभ्यासहरुलाई अध्ययन गरेर अगाडि बढ्न सक्छौं । औद्योगिक पूर्वाधारले औद्योगिक विकास तथा प्रतिस्पर्धा बढाउन सक्छ । कम्पीटेटीभनेस इन्डेक्स, एलपीआइ इन्डेक्समा नेपालमा अवस्था नाजुक छ । यदि हामीले पूर्वाधार विकास गर्न सकिएमा यी इन्डिकेटर आफैं अगाडि आउँछन् यसमा निजी क्षेत्रको सहकार्य महत्वपूर्ण छ ।

अहिले सरकारले औद्योगिक पूर्वाधारको न्यूनता सम्बोधन गर्दै सबै तहमा कसरी अगाडि बढाउने ? यसका लागि चाहिने श्रमताविकास, औद्योगिक पर्वाधारमा विविधिकरणमा पुग्न सकेका छैनौं । फाइनान्सिन ग्यापलाई सम्वोधन गरेर जानुपर्नै तड्कारो आवश्यकता छ । गुणस्तरका सवालमा अर्को आवश्यकता हो । यसै विषयमा केन्द्रित रहेर हाम्रो मन्त्रालयले काम गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्