Shikhar Insurance
National Life

सरकारले सुशासनको पक्षमा गरेको कामलाई राजनीतिक रङ नदिउँ : सांसद शर्मा

सिंहदरबार संवाददाता
२०८० माघ २४, बुधबार १४:०१
Hyundai
NCELL
NIMB

नेकपा (माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले गरेको कामलाई राजनीतिक रङ दिनु नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले सरकारले सुशासन, समृद्धि र समाजिक न्यायको पक्षमा पहलकदमी बढाएको बताएका हुन् ।

उनले सरकारको यस पहलकदमीका लागि संसदको खबरदारी र सहयोग आवश्यक रहेको पनि बताए । उनले सरकारको कदममा कुनै राजनीतिक रङ नभर्न आग्रह समेत गरे । सांसद शर्माले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेको उल्लेख गर्दै यसको निम्ति राज्यसंयन्त्र र संरचनाहरुको कार्यशैलीमा परिवर्तन आवश्यक रहेको बताए । उनले कानूनअनुसार कारबाही भइरहेको विषयलाई राजनीतिकरण गर्नु नहुने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भने,सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ नभएर सुशासन स्थापना गर्नका लागि हामी सबैले आ–आफ्नो ठाउँबाट मद्दत पु¥याउन जरुरी छ भन्ने मलाई लाग्दछ । प्रधानमन्त्रीले आत्मसमिक्षासहित नयाँ ढंगले काम गर्ने घोषणा गर्नुभएको छ, ति घोषित नीतिहरु कार्यान्वयनका लागि समग्र राज्यसंयन्त्रको, संरचनाको, नेतृत्वको, हामी सबैको कार्यशैलीमा परिवर्तनको आवश्यकता छ । इमान्दारिताको आवश्यकता छ । र मात्रै हामी सुशासन कायम गर्नसक्छौँ र नयाँ ढंगले काम अगाडी बढ्न सक्छ । घोषणा अनुसारको कामहरु अगाडी बढ्नेछन् भन्ने विश्वास व्यक्त गर्न चाहान्छु । हरेक क्षेत्रमा कानुनलाई स्थापित गर्ने, कानूनको पालना गर्ने, गलत प्रवृत्तिलाई कारबाही भइरहेको सन्दर्भमा राजनीतिकरण नगर्ने हाम्रो प्रवृत्तिमा सुधार ल्याउनुपर्ने आवश्यकता छ । उनले चालु अधिवेशनमा धेरैभन्दा धेरै कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । —न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्