Skip to content
Shikhar Insurance
National Life

सरकारले समाजलाई सही बाटोमा हिडाउँने कर्तव्य पुरा गर्नुपर्छ : प्रधानमन्त्री ओली

Hyundai
NCELL
NIMB

काठमाडां । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार नागरिकप्रति जिम्मेवार रहेको बताएका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले स्वेच्छाचारी ढंगले सभ्यता, संस्कृतिको धज्जी उडाएर, गति छोड्नेहरुलाई सरकारले ठिक बाटोमा हिँडाउने आफ्नो कर्तव्य सरकारले पूरा गर्ने बताएका हुन् ।

उनले सरकारले समाजलाई सही बाटोमा हिँडाउने कर्तव्य पुरा गर्नुपर्छ भन्ने कुरा बुझनुपर्ने पनि बताउँदै सुशासन र विकासको बाटोबाट मुलुकलाई समृद्ध बनाउन आफूले चाहेको पनि दोहोर्‍याए ।

ओलीले पछि परेका जनताको सेवा गर्ने कामलाई सरकारले अघि बढाएको भएपनि राज्यको मेशिनरी पर्याप्त सहयोगी हुन नसकेको गुनासो पनि गरे । उनले पछि परेका नागरिकलाई माथि उठाउनका लागि सरकारले सामाजिक सुरक्षा कोष लगायतका कार्यक्रमलाई अघि बढाएको पनि बताए ।

उनले भने, ‘जनता संविधान, कानूनभन्दा माथि हुन्छन् । जनतामा स्रोत, शक्ति निश्रित हुन्छ । जनताले सबै कुरा हेरफेर, परिवर्तन सबै गर्न सक्छन् । हरेकले संविधान मान्दिन भनेर, कानून मान्दिन भनेर स्वेच्छाचारी ढंगले सभ्यता, संस्कृतिको धज्जी उडाएर, गति छोडेर गयो भने त्यो ठिक हुँदैन । हामीले हरेक नागरिकलाई आम्दानी उपलब्ध गराउनु पर्दछ ।’

उनले सुशासन र विकासको बाटोबाट समृद्ध राष्ट्र बनाउन सक्ने, आधुनिक, विकसित राष्ट्र बनाउन सक्ने बताउँदै नागरिकले विज्ञान, प्रविधिले उपलब्ध गराएका सम्पूर्ण उपलब्ध सुविधा, सहुलियतहरु प्राप्त गरेको जिन्दगी बिताउँन सक्ने होस् भनेका छन् ।

‘गर्मीका बेला एसी गरिबले फिट गरिदिन पाउँछ, त्यसमा बस्न पाउँदैन । हिटर, गरिवले बनाई दिन पाउँछ । त्यसमा बस्न चाहीँ पाउँदैन । बनाई दिने अरुले होइन, गरिवले नै हो । त्यो खालको अवस्था होइन, त्यस अवस्थालाई तोड्नुपर्छ । यसैकारण हामी सो सामाजिक सुरक्षा कोष खडा गरिरहेका छौं’ उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारले गरिवी, अभाव र पछौटेपन अन्त्य गर्न संकल्प लिएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्