Skip to content
Shikhar Insurance
National Life

सरकारले संवैधानिक अधिकार कमजोर पार्छ भन्ने हल्लाको पछि नलाग्नू : उपप्रधानमन्त्री सिंह

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सत्तारुढ गठबन्धनले संवैधानिक अधिकारलाई कमजोर पार्छ भन्ने हल्लाको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले काँग्रेस–एमाले गठबन्धन सरकारले संघीयता र समावेशितालाई कमजोर बनाउनका लागि संविधान संशोधन गर्ने सहमति गरेको आरोप लगाइरहेका बेला उपप्रधानमन्त्री सिंहले त्यस्तो हल्लाको पछि लाग्न नहुने बताएका हुन् ।

उनले सामान्य विवेक भएको नागरिकले पनि आफैँले लडेर ल्याएको संवैधानिक अधिकारलाई काँग्रेस–एमालेले कमजोर बनाउँछन् भन्दा नपत्याउने जिकिर गरे । जनतालाई अधिकार दिलाउनका लागि लडेको काँग्रेस–एमालेले सरकारमा जाँदाखेरी आफैँले लडेर ल्याएको अधिकारलाई कमजोर पार्ने भन्ने त हुनै नसक्ने उपप्रधानमन्त्री सिंहले तर्क थियो ।

उनले सत्तारुढ गठबन्धनले संविधान संशोधनको नारा जनताको अधिकारलाई कमजोर बनाउनका लगाएको भन्ने भनाईमा कुनै सत्यता नरहेको पनि बताए । उपप्रधानमन्त्री सिंहले भूकम्प र कोभिडका कारण थिलथिलो भएको मुलुकको आर्थिक गतिविधिलाई अघि बढाउन सरकार अघि बढिरहेको बताए ।

उनले भने, ‘यो सरकार बन्नुको मुख्य कारण के हो त भन्दाखेरी राजनीतिक स्थायित्व दिलाउनका लागि, छिटो भन्दा छिटो सरकार परिवर्तन ७ महिना, ८ महिनामा नै सरकार परिवर्तन भईराख्ने, त्यसले पोलिटिकल स्टाबिलिटी दिँदैन । यो सरकार खास गरेर बन्दाखेरी नै अव अर्थक्वीक त्यत्रो भयो । त्यसपछि कोभिडको कारणले गर्दा यो ईकोनोमीलाई लयमा ल्याउन अफ्ठ्यारो भइरहेको कारणले गर्दा यी सबै इकोनोमिक एक्टिभिटीलाई पनि अगाडि बढाउनका लागि अहिलेको यो वर्तमान सरकारले त्यसमा विशेष ध्यान दिएर काम गरेर देखाउनका लागि यो सरकार बनेको कारणले यसमा तपाईहरुको सहयोग हुनेछ ।’

त्यस अवसरमा उपप्रधानमन्त्री सिंहले नेवा: समुदायले आफ्नो भाषा र संस्कृतिको संरक्षणमा खेल्दै आएको भुमिकाको पनि खुलेर प्रशंसा गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्