Skip to content
Shikhar Insurance
National Life

सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था छैन : आयुर्वेद चिकित्सा विभाग

Hyundai
NCELL
NIMB

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले विद्यमान अवस्थामा सरकारले वैद्यखाना चलाउन सक्ने अवस्था नरहेको जनाएको छ ।धन्वन्तरी जयन्ति तथा आरोग्यता दिवसको अवसर पारेर मंगल काठमाडौंमा पत्रकार सम्मेलन गरी विभागले कानूनी अवस्थामा परिवर्तन नगर्ने हो भने नेपालमा वैद्यखाना चलाउने अवस्था नरहेको जनाएको हो ।

विभागका महानिर्देशक डा प्रदीप केसीले अमला टिपेर आयआर्जन गर्छु भन्नेहरुलाई समेत १० ठाउँमा कर लगाएर गरिखाने अवस्था नरहेको उल्लेख गर्दै त्यसैकारण नेपालमा कुनैपनि वैद्यखाना सरकारले सञ्चालन गर्न सक्ने अवस्थामा नभएको बताए । उनले सिंहदरबार बैद्यखानालाई सुचारु गराउन पनि सरकारले विद्यमान कानून अवस्थामा परिवर्तन गर्नुपर्ने बताउँदै स्वस्थ नागरिक बन्नका लागि योग र ध्यानमा जोड दिन पनि आग्रह गरे ।

महानिर्देशक केसीले भने, ‘पाखापखेरामा अहिले अमला पाक्न थाले । त्यसलाई ल्याउनका लागि अहिले १० ठाउँमा टयाक्स तिर्नुपर्दछ । बाँदरले खान छोडिसके त्यो अमला । त्यसलाई कसैले टिपेर बेच्छु नि २ पैसा कमाउँछु भन्न थाल्यो भने त्यो खालको समस्या छन् । यी चिजहरु चेन्ज भएनन भने वैद्यखाना होइन अब जुन वैद्यखाना बनेपनि सरकारले चलाउन सक्दैन ।’

विभागले आयुर्वेद मानव स्वास्थ्यका लागि अति उपयोगी भएकाले यसको प्रचारप्रसारमा जोड दिनुपर्ने पनि जनाएको छ । महानिर्देशक डा। केसीले स्वस्थ मानव बन्नका लागि आयुर्वेदको आवश्यकता र महत्त्व झनै बढेर गएको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्