Skip to content
Shikhar Insurance
National Life

सरकारले भुक्तानी नगर्दा व्यवसायीले आत्मदाह गर्न थालेः महासंघ

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले सम्मपन्न भएका कामको समयमा भुक्तानी नदिँदा व्यवसायीहरुले आत्मदाह गर्न थालेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताएका छन्।

नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा सिंहले उक्त कुरा बताएका हुन् । सो सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहले भने, ‘हामीले यो समस्याको समाधानका लागि पटक-पटक सरकार कर्मचारी तथा सरोकार बालालाई भन्दा पनि सुनुवाइ भएको छैन ।’

हामीले काम गरेर सक्दा पनि भुक्तानी भएन, हाम्रो चेक बाउन्स भैरहेको छ । साथीहरू जेलजाने वातावरण बनेको छ, तर राज्यले कामको भुक्तानी गर्दैन । हामीले यसमा के गर्ने ? भोटका लागि योजना ल्याउने ठेक्का लगाउने अनि स्राेत छैन भनेर भुक्तानी नगर्ने ? हाम्रो बाँकी भुक्तानी असार ४ गतेसम्म भएन भने हामी आन्दोलनमा जान्छौं ।

उक्त पत्रकार सम्मेलनमा व्यवसायीहरुले सम्मपन्न गरेको आयोजनाको करिब ७० अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । जसको कारण रकम अभाव भएर हामीले कामहरु समयमा सम्म्प्न गर्न सकेनौं । सरकारले स्राेतको सुनिश्चितता नभइ गरेका ठेक्काको कारणनै काम सप्पन्न नभएको, मतदाता रिझाउन आएका आयोजना जसमा अर्बको काममा ३/४ करोड बजेट छुट्याइएको छ । जसको कारण समयमा निर्माण सम्पन्न हुन सकेन अनि व्यवसायीहरुलाई दोस लगाइयो,’अध्यक्ष सिंहले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्