Skip to content
Shikhar Insurance
National Life

सरकारले पुँजीबजारमा सबैले महसुस गर्ने गरी छिट्टै कदम चाल्दै छः अर्थसचिव पुष्कर

Hyundai
NCELL
NIMB

काठमाडौं । नवनियुक्त अर्थसचिव कृष्णहरी पुष्करले सरकारले आम लगानीकर्ताले महसुस गर्ने गरी पुँजीबजारमा सकारात्मक निर्णय निकट भविष्यमै गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको तेस्रो वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै नवनियुक्त अर्थसचिव पुष्करले उक्त कुरा बताएका हुन् ।

सो क्रममा पुष्करले भने,”सरकारले पुँजीबजार सुधारमा आवश्यक कदम चाल्दै छ । त्यसको सन्देश तपाईंहरूले छिट्टै पाउनु हुन्छ। राज्यको अर्थतन्त्र विषम परिस्थितिमा छ । अर्थतन्त्रको प्रमुख समस्या भनेको अस्थिरता आउनु हो, जो विभिन्न कारणले हो । नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको व्यवसायीहरू नै हुन् । सरकार व्यवसायीको मनोबल उकास्न आवश्यक प्याकेज ल्याउँदै छ त्यसका लागि म अहोरात्र खटेर लागेको छु।”

उनले भने, सरकारले अर्थतन्त्र उकास्न गरेको प्रयासमा व्यवसायीहरुले हातेमालो गर्न अह्वान गर्छु।

GBIME

प्रतिक्रिया दिनुहोस्