Skip to content
Shikhar Insurance
National Life

सरकारले चिन्यो २ लाख २७ हजार गरिब परिवार, बाँकी कहिले चिन्ला ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले हालसम्म २ लाख २७ हजार गरिब घरपरिवार पहिचान गरेको छ । अर्थमन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७/७८ बाट संकलित २३ जिल्लाका २१४ स्थानीय तहको तथ्याङ्क प्रशोधन गरी सो संख्याको गरिब पहिचान गरिएको हो ।

आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म १५ जिल्लाका १८३ स्थानीय तहका ११ लाख ५० हजार तथ्याङ्क प्रशोधन कार्य शुरु भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सर्वेक्षणमा पन्ध्रौं योजनाको अन्त्यसम्ममा निरपेक्ष गरिबीलाई ९.५ प्रतिशत र बहुआयामिक गरिबी ११.५ प्रतिशतमा झार्ने लक्ष्य हासिल गर्नु थप चुनौतीपूर्ण बनेको उल्लेख छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्ष ०.५७९ को तुलनामा सुधार भई ०.६०२ पुगेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्