Skip to content
Shikhar Insurance
National Life

सम्पदा लघुवित्तको २ लाख बढी कित्ता सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले सेयरधनीहरुको नाममा रहको २ लाख १४ हजार ६ सय ७४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बन्दीपुर(१। डुम्रे, तनहुँमा आफुले खरिद गर्ने सेयर कित्ता संख्याको ब्यहोरा खुलाई निवेदन दिनुपर्ने संस्थाले जनाएको छ ।

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको लागि कुनै पनि आवेदन नपरेको खण्डमा प्रचलित नियम कानुन बमोजिम अन्य व्यक्ति वा संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउने समेत संस्थाले एक सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्