Skip to content
Shikhar Insurance
National Life

समृद्धि फाइनान्सको साधारणसभा मंसिर ६ गते, यस्ता छन् एजेण्डा

Hyundai
NCELL
NIMB

काठमाडौं । समृद्धि फाइनान्सले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ६ गते मकवानपुरको हेटौँडास्थित होटल एभोकाडा ‘अर्किड रिसोर्ट’ मा सभा बस्ने निर्णय गरेको हो ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थासँगै मर्जर वा प्राप्तिको बाटो खुला गर्नेछ। यसका लागि सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव सभाले अनुमोदन गर्ने कम्पनीले जनाएको छ । सभाले संस्थाको नियमावली र प्रबन्धपत्र संशोधनको प्रस्ताव पारित गर्नेछ। सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ ।

चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव पनि सभाले अनुमोदन गर्ने कम्पनीको प्रस्ताव रहेको छ। सभा प्रयोजनका लागि कात्तिक २५ गते बुक क्लोज गर्नेछ। कात्तिक २४ गतेसम्म नेप्से कारोबारमा कायम सेयरधनीहरु मात्र सभा सहभागी हुन योग्य हुने कम्पनीले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्