Skip to content
Shikhar Insurance
National Life

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

Hyundai
NCELL
NIMB

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई साधारण सभा डाकेको छ । लघुवित्तले सेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो।

लघुवित्तले हाल कायम चुक्ता पूँजी २ करोड रुपैयाँको १४.२५ प्रतिशतले हुन आउने २८ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७५ प्रतिशतले हुन आउने १ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न साउन ३१ गते ५औं वार्षिक साधारण सभा डाकेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले साउन २१ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार साउन १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्