काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समुहको सदस्य पदका लागि चार जनाको नाम स्वीकृत गरेको छ ।
बैंकले रितपूर्वक दरखास्त फाराम पेश गरेकामध्ये प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताप यादव र राजेन्द्र प्रसाद तिम्सिनाको आवेदन स्वीकृत गरेको हो ।
छनौट भएपछि एक जनालाई व्यवस्थापन समुहको सदस्यमा नियुक्त गर्ने बैंकले जनाएको छ । सो फाइनान्सको व्यवस्थापन समूहको सदस्य पदका लागि बैंकले मंसिर १२ गते सूचना प्रकाशित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्