Shikhar Insurance
National Life

समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार के हुन्छ ? १५ दिनसम्म कारोबार निलम्बन हुन सक्ने

सिंहदरबार संवाददाता
२०८१ पुष ११, बिहीबार ०९:२०
Hyundai
NCELL
NIMB

काठमाडौ । कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा भएपछि कारोबार रोकिने भएको छ । नेपाल स्टक एक्सचेञ्जले एक निर्णय गर्दै बैंकको सेयर कारोबार रोक्का गर्ने तयारी गरेको हो ।

नेप्से स्रोतका अनुसार यसअघि राष्ट्र बैंकले सेयर कारोबार नै रोक्का गराउनु भनेर पत्राचार गर्ने गरेको थियो । तर यो पटक कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएको मात्रै जानकारी राष्ट्र बैंकले नेप्सेलाई गराएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से स्रोतले भन्यो, “यसअघि राष्ट्र बैंकले समस्याग्रस्त कम्पनीको सेयर कारोबार रोक्का गर्नु नै भनेर पत्र आउने गर्थ्यो, तर यो पटक जानकारी मात्रै गराएको छ, अब कानुन अनुसार १५ दिन कारोबार निलम्बन गर्ने भन्ने व्यवस्था छ, यसको लागि सिइओ स्तरिय निर्णय गर्नुपर्ने हुन्छ ।”

ती स्रोतका अनुसार नेप्सेमा केहिबेर पछि यो विषयमा बैठक बस्नेछ । यद्यपी लगानीकर्ताहरुले भने सेयर कारोबार रोक्का गर्न नहुने भन्दै माग गरिरहेका छन् ।कर्णाली डेभलपमेन्ट बैंकको खराब कर्जा नै ४० प्रतिशत माथी पुग्न थालेपछि राष्ट्र बैंकले केहि दिनअघि निक्षेप संकलन नगर्नु भनेर पत्राचार गरेको थियो ।

बुधबार (पुस १० गते) बैंकलाई समस्याग्रस्त कम्पनी घोषणा गर्दै राष्ट्र बैंकले उपनिर्देशकको नेतृत्वमा व्यवस्थापन हेर्न टिम परिचालन गरेको छ । हाल कर्णाली डेभलपमेन्ट बैंकको सेयर प्रति कित्ता ८१० रुपैयाँमा कारोबार भैरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्